कैलालीः गएराति चलेको हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुर्याएको छ ।

त्यस्तै, ठाउँठाउँमा रुख ढलेपछि यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।