कास्कीः पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले आज सकुशल उद्वार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं. २२ बस्ने ३० वर्षीय हर्कबहादुर वि.क. र ३५ वर्षीय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेको थियो ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २१:१२