काठमाडौंः अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउँदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक, गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस गीतमा शब्द, संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ । यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ । भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।


। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायक गुरुङको च्यानल ‘सिङ्गर दावा गुरुङ’ अफिसिएल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १५:५९