लमजुङः हिमाली जिल्ला मनाङमा हिमपात भएपछि पशुचौपायालाई चिसोले सताउँदा पशुपालक किसान चिन्तित भएका छन् ।

भारी हिमपात हुँदा पाल्दै आएका पशुचौपाया हराउने र याकचौँरीलाई नोक्सान पुर्‍याएको सम्झँदै यसपटक पनि नोक्सान हुने डरले किसानले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाको नासों गाउँपालिका–४, ओडारगाउँका सुुरेश थकालीका अनुसार हिमपात हुँदा याकचौंरी हराउने डर हुन्छ । हिमपात रोकिएको समयमा याकचौंरी खोज्न हिँडेको उहाँले बताए । हिमपात भइरहेको छ । गत सालजस्तै याकचौंरीको नोक्सान नहोस् भनेर खोज्न हिँडेको छु । हिमपात पर्ने बित्तिकै किसानलाई पशुको चिन्ता हुन्छ, उनले भने, १०० याकचौंरी थिए, पोहोर दसवटा पुरिएर मरे ।


। अहिले त्यस्तो पनि यस्तै होला कि भन्ने चिन्ताले सताउन थालेको छ । हिमपातले गोठबाहिर भएका याकचौंरी असुरक्षित बनाउने गरेको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–१, उपल्लो पिसाङका याङडुङ गुरुङले हिमपात हुने शंका लाग्ने बित्तिकै याकचौंरीलाई लेकबाट गाउँ झारेको बताए ।

५० वटा याकचौंरी र ६० बढी भेडा च्याङ्ग्रा पालेका गुरुङले हिमपात हुँदा आफू मात्र नभई किसानका पशुचौपायाले पनि सास्ती पाउने गरेको बताए । हिउँ परेमा स्याउ, आलुलगायतको बाली त सप्रन्छ । हामी मानिसजस्तै पीडा पशुचौपायालाई पनि पर्ने गरेको छ । पशुचौपायालाई खाने घाँस पाउन गाह्रो हुन्छ । यो समाचार आजको गोारखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः सोमबार, मंसिर ३०, ०७:३२