हुम्लाः सिमिकोट गाउँपालिका–७ ओख्रेनीमा शुक्रबार राति जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय पर्वत सुनार, सिमिकोट २ ठेहेका २९ वर्षीय पारस बोहोरा, नाम्खा गाउँपालिका १ हेप्काका ४८ वर्षीय गुरु तामाङ र उनकी श्रीमती ४५ वर्षीया डुकि तामाङ रहेका छन् ।

नाम्खाबाट सदरमुकामतर्फ आउँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जिप गएराती ११ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घाइते भएका जिप चालक सहित ७ जनालाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ ।


। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २० शनिबार, १२:४९