हुम्लाः हुम्ला जिल्ला कारागारबाट दुई कैदी शुक्रबार बिहान ६ बजे फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका लोकेन्द्र बुढा र चोरी मुद्दाका दोषी लेखे परियार शौचालय जाने निहुँमा कारागारबाट फरार भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रविन श्रेष्ठले बताए ।

उनीहरुको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी परिचालन गरेको छ।