हेटौंडाः हेटौंडामा कुकुरको संख्यामा बृद्धि भएपछि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ ।
उपमहानगरपालिकाले कुकुरको संख्यामा बृद्धि हुन नदिनका लागि एक हस्ता लामो शिविर हेटौंडामा सुरु गरेको हो। यो शिविरमा दुबै लिङ्गी कुकुरको बन्ध्याकर गरिने जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा पेट्स होम धरान, हार्ट पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको प्राबिधिक सहयोगमा छाडा रुपमा छोडिएका कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको हो ।
सोमबार मात्र ४० वटा कुकुरको स्थायी बन्ध्याकरण गरेर रेबिज खोप समेत लगाएर छोडिएको छ। शिविरमा कुकुरको अण्डकोष र पाठेघर निकालेर फालिएको छ ।
।
स्थायी बन्ध्याकरण गरेका सबै कुकुरहरुलाई गलामा रातो बेल्ड लगाएर छोडिएको छ । बध्याकरण गरिएका कुकुरहरुबाट अरु बच्चा नजन्मने र रेबिजको संक्रमण पनि नहुँने बताइएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook