हेटौंडाः हेटौंडा ओपन स्काउट क्रियुको आयोजनामा हेटौंडा उपमहानगरपालिका–५ स्थित ढुङगेधारा पर्यटन बिकास हाता भित्र आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

ढुङगेधारा पर्यटन बिकास समिति, पिप्ले पोखरा सामुदायिक उपभोक्ता समिति र ढुङगेधारा टोल विकास संस्थाको समन्वयमा बृक्षारोपण कार्यक्रम भएको हो ।

३५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा स्काउटले बृक्षारेपण कार्यक्रम गरेको हेटौंडा ओपन स्काउट क्रियुका रोभर लिडर दिपेन्द्र रोक्काले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए ।

स्काउटले फलफुल जडिबुटी ,सुगन्धित फुल लगाएत एक सय भन्दा बढी विरुवाहरु रोपेको छ ।



प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २०:५५