काठमाडौंः नेपाली लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ ।

गायक हेमन्त कान्छा रसाइली र हिमाल सागर हिङमाङ तथा गायिका गीता देवीको सुमधुर स्वरमा रहेको “सुनमाया” बोलको गीत बजारमा आएको हो ।

पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर मार्मिक रुपमा तयार पारिएको गीतमा परदेशी युवाको जिवन भोगाईलाई समेटिएको छ ।

गीतमा गायक हिङमाङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । लाखौं परदेशीको भोगाईलाई फरक रुपमा गीतमा प्रस्तुत गरिएको हिङमाङले बताए । रेशम दलार्मीको छायांकन, गायक हिङमाङको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा विपी फुयाल र रेखा राईको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, फागुन १७, १५:१५