काठमाडौंः लोकप्रिय नायक दिलीप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।
गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ ।
कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा दिलिप र कविताको अहिलेसम्मकै बेजोड अभिनय देख्न सकिन्छ ।
करन चैसिरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २०:२६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook