काठमाडौंः काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु …’ बजारमा ल्याएका हुन् ।

गीतको भिडियोलाई सर्वसम्मान म्युजिकले युट्युव च्यानलबाट सार्बजनिक गरेको हो ।

गीतको संगीत गायक हेम आफैंले सृजना गरेका छन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । गीतको शब्द कविता कार्कीले लेखेकी हुन् ।

भिडियोमा शिशिर बुढाथोकीले नृत्य निर्देशन गरेका हुन् । जसमा सागर गौतमको छायांकन र प्रकाश एसकेको सम्पादन रहेको छ ।


। यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् । यो गीतको भिडियो निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् ।

गत वर्ष ‘आउ आउ काली नाचौंन …’ तीज गीत ल्याएका हेमका यस अघि ‘रामेछाप ओखलढुंगा …’, ‘नाकको मुन्द्रा …’, ‘लिपुलेक कालापानी…’ जस्ता थुप्रै गीत बजारमा आएका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, साउन १०, २०७७, १९:१३