काठमाडौंः जर्मन बुन्डेस लिगा फुटबलमा होफेनहाइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ ।

शुक्रबार राति होफेनहाइमको मैदानमा भएको खेलमा उपाधि दाबेदार क्लब डर्टमण्ड होफेनहाइमसँग २–१ ले पराजित भएको हो ।

होफेनहाइमका लागि सर्गिस एडमयन र आन्द्रेज क्रमारीकले एक एक गोल गरे । यस्तै डर्टमण्डका लागि मारियो गोट्जेले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा गोट्जेले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा होफेनहाइमका एडमयनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ८७ औं मिनेटमा आन्द्रेजले गोल गर्दै होफेनहाइमलाई २–१ को जित दिलाए ।

हारसँगै डर्टमण्ड १७ खेलबाट ३० अंकसहित चौंथो स्थानका रहेको छ ।


। होफेनहाइम २७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः शनिबार, पुस ५, ०८:१३