काठमाडौंः कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरिएको छ । विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना संक्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ । बर्सेनि होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धरले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छन् ।


। एभिन्युज टेलिभिजनले होली हङ्गामा कार्यक्रम रद्द गरेको छ ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिरको टीका मात्र लगाएर मनाउन सुझाए । संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना संक्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय हो भने ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपाल हालसम्म कोरोनामुक्त देश भए पनि सबैमा त्रासको वातावरण रहेको बताउँदै फागु पर्वमा भीडभाडमा होली खेल्दा संक्रमणको खतरा हुने भएकाले आफ्नो घरमा मात्र खेल्न सुझाए । कोरोना त्रासकै कारण अहिले सरकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल र संघसंस्थाले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । सरकार ले गत आइतबार सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्वयन गर्न थालिएको छ । यो समाचार आजको गोरखापत्र मा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०७:०५