काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा  सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

शुक्रबार ७१ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २२, १०:४६