काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बिहीबार ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ७ सयले घटेर ६९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १०:५८