काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ९० रुपैयाँले बढेको हो ।

सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार १ हजार ९ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ९० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, असोज ६, २०७७, ११:०७