काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन १ हजार १ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ६९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार १ सय सयले बढेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ११:११