काठमाडौंः ॐ श्री त्रिकुटा गुरुधाम नेपालले कोरोना महामारीबाट जोगाउनको लागि ‘मिसन करुणा’ सार्वजनिक गरेको छ । त्यसअन्तर्गत प्रकृतिक सामग्रीहरु (मास्क, स्यानिटाईजर, स्प्रे, लोसन) र दिव्यकायाअमृत कवज पनि रहेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोजक संस्थाले मिसन करुणा सार्वजनिक गरेको हो । कार्यक्रममा ॐ श्री त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारी ‘विशुद्धानन्द’ ले मिसन करुणा र संस्थाको बारेमा प्रकाश पारेका थिए ।

उक्त दिव्यकायाअमृत औषधी पानीमा घोलेर खाने सुनाए । उनका अनुसार उक्त औषधी कोरोना संक्रमण भएकाहरुलाई फलदायी हुनेछ ।


कार्यक्रममा कोरोना संक्रमण जितेका बुढानिलकण्ठ नगरपालिका–१० का नेपाली कांग्रेसका सभापतिसमेत रहेका डिल्लीराम कँडेलले आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार प्रा.डा. जितेन्द्रध्वज खाँण र प्रा.डा. रामुकमार दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मितिः बुधबार, असोज २१, २०७७, २०:१२