वीरगञ्जः प्रहरीले वीरगञ्जबाट १०७ के.जी. चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ३४ वर्षीय रविन तामाङ रहेका छन् ।

वीरगञ्ज–२१ स्थित परवानीपुरदेखि ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार राति १०७ के.जी. चरेससहित तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकलाई रोकेर चेकजाँच गर्दा कन्टेनरभित्र राखिएको ग्यालिनबाट चरेस बरामद भएको प्रहरीले जानकारी दिए ।


तामाङ विरुद्ध पर्सा प्रहरीले नै पर्सा जिल्ला अदालतमा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, १२:२९