झापाः झापाको भद्रपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकोले आजदेखि आगामी मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गर्न लागेको उड्डयन कार्यालयले जनाएको छ ।

विमानस्थलको १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग अहिले जीर्ण बनेको छ ।


। जीर्ण बनेको धावनमार्ग १२ वर्षपछि मर्मत हुन लागेको हो ।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौंले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

विमानस्थल बन्द हुने भएपछि एयरलाइन्सहरुले अतिरिक्त उडानको व्यवस्था विराटनगर मिलाइएको उड्डयन कार्यालयले जनाएको छ ।मंगलबार, कार्तिक २६


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, १०:१७