बाराः १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय करण सहनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति करिब ९ बजे जितपुर सिमरा उपमहानगरपालिका–५ बकुलिया टोल स्थित मकैबारीमा सहनीले १० वर्षीया नाबालिकालाई बलात्कार गरेकोको भन्ने प्राप्त सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको छ ।



प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०८:१८