जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभावको समस्या र विभिन्न विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन् ।

उनले भनेको अटेर गर्ने र खटाइएको ठाउँमा जान नमान्ने कर्मचारीहरु माथि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । कर्मचारीहरुलाई यो सरकार अस्थायी सरकार हो र अर्को सरकार कहिले आउँछ र त्यस पछि फइदा लिउँला भन्ने मानसिकता छ भने तुरुन्तै त्यसलाई हटाउन निर्देशन दिए । काम गर्न मन नभए बरु अवकाश लिने तर सरकारको तलब खाएर आफूखुसी गर्न नपाउने उनले बताए ।

डिउटीको क्रममा अनेकौं बहाना बनाएर आफ्नो काम पूरा नगर्ने प्रवित्ति हटाउनु पर्नेमा उनले जोड दिए ।


। इमान्दारितापूर्वक आफ्नो काम गर्ने, केही समस्या आएमा सीधैँ फोन गरेर जानकारी गराउन समेत उनले बताए ।

उपत्यकाको ५ हजार कर्मचारीहरुको दरबन्दी कटौती गरिएको र १० हजार कर्मचारीहरुलाई स्थानीय तहमा ल्याउने उनको तयारी रहेको पनि उनले कार्यक्रममा बताए ।