कपिलवस्तुः ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल कपिलवस्तु नगरपालिका–१ मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १३:३८