सिराहाः धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् ।

स १० प २७३ र स २ प ७५८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा आएका उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २२ गते बुधबार, १३:४२