काठमाडौंः काठमाडौं महानगरपालिका-२८ पुतलीसडकमा ८ र सुनसरीको ईनरुवामा ४  गरि  १२ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीसडकस्थित जुवा खेलाउने ६८ बर्षीय दिवाकर पाण्डे लगायत ७ जनालाई नगद ३० हजार २ सय ३५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरिएको हो ।

यसैबीच सुनसरीको ईनरुवा नगरपालिका-८ डुम्राहास्थित तारादेवी मेहेताको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ बर्षीय बिदुर कटुवाल लगायत ४ जनालाई नगद ८४ हजार ४ सय पैसठ्ठी, २ बुक तास, को १५ प ८०२५ र को १९ प २२२७ नम्बरको मोटरसाइकल सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।