काठमाडौंः गृह मन्त्रालयले १८ जना सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ ।

जस अन्तर्गत देशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएका छन् ।

आज मन्त्रीस्तरीय बैठकको निर्णयानुसार ललितपुरको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।


महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।

को कहाँ ?


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १७:०८