काठमाडौंः अवैध सुनसहित प्रहरीले चाबहिलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियार रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा १६ तोला १४ लाल सुनसहित उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, १०:०६