भक्तपुरः १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण के.सी. रहेका छन् ।
श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १७:०८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook