दोलखाः १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका–७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, २०:३१