पोखराः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपाल रजत पदकमा सिमित भएको छ ।

पोखरा रंगशालामा आज भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले रजतमा सिमित भएको हो ।

भारतका लागि बाला देवीले २ गोल गरिन् ।

खेलको १८ औं मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । यस्तै ५५ औं मिनेटमा बाला देवीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई स्वर्ण पदक दिलाइन् ।

रजतमै चित्त बुझाउनु परेपछि नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए ।


यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १५:२२