काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टिमले रजत पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा आज भएको फाइनलमा भारतसँग २०–१५ ले पराजित हुँदै नेपालले रजत पदक प्राप्त गरेको हो ।

यस स्पर्धामा श्रीलंकाले कास्य पदक जित्यो ।

यसैगरी महिलातर्फ भारतले स्वर्ण, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १५:०२