काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा आज बक्सिङमा ५४ केजी तौल समुहमा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।

मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो ।

यस्तै नेपालकी ललिता महर्जनले रजत जितेकी छिन् ।

महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित हुँदै रजतमा सिमित भईन् ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १५:११