गुल्मीः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, ०९:३७