काठमाडौं: नेपाल विद्युत प्राधिकरणले १४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको खरिद सम्खौता स्वीकृत गरेको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले तनहुँ हाइड्रो पावर लिमिटेडसँग माथिल्लो सेती निर्माणको सम्झौता गरेको हो । विद्युत व्यापार विभागले यस पिपिए स्वीकृत गरे पछि अन्तिम हस्ताक्षर गरिनेछ ।

आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँ दर कायम भएको प्राधिकरणले बताएको छ । सरकारले जलाशय आयोजनाको पिपिए हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ७.१० रुपैयाँ निर्धारण गरेको छ ।

बर्खामा कूल ऊर्जा उत्पादन ५० प्रतिशत नाघ्न नहुने प्रावधान भए पनि यस आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।


। प्राधिकरणका सञ्चालक समितिले स्वीकृत गरे पनि पिपिएमा अन्तिम हस्ताक्षर भने विद्युत व्यापार विभागले स्वीकृत गरे पछि मात्र हुनेछ । आयोजनाको प्रारम्भिक पिपिएमा गत बैशाख ७ गते नै हस्ताक्षर भएको थियो ।