भोजपुरः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका–६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १५:५८