धनुषाः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका–८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेन रहेका छन् ।

सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चोराकोयलपुर र इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, १८:३५