मकवानपुरः अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

राक्सिराङ गाउँपालिका–३ को लावती लगायत स्थानहरुमा १५ बिगाहा जग्गामा लगाएको अवैध लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विनाश अधिकारी र यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जनाको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १६:०५