काठमाडौंः नेपाल र भारतको सीमा छुट्याउन गाडिएका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये एक हजार पाँच सय स्तम्भ हराएको समाचार आजको नागरिकले चौथौ पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, दुई देशबीचको एक हजार ८ सय ८० किमि लामो सीमा छ ।

सरकारले २०७१ सालदेखि नेपाल–भारत सीमा क्षेत्रमा वैज्ञानिक मापन सुरु गरेको छ । यसका लागि ५ वर्षअघि नै नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो । कार्यदलले सीमास्तम्भमध्ये ८ हजार ५७ वटाको अध्ययन गरेको छ । बाँकी ४ सय ९६ स्तम्भका अध्ययन नै नभएको नापी विभागले जनाएको छ ।

विभागको स्थलरुप नापी शाखाका प्रमुख दयानन्द जोशीका अनुसार अध्ययन गरिएका स्तम्भमध्ये १ हजार ६ सय ९८ वटाको मर्मत र २ हजार ३५ वटा पिलर पुनर्निर्माण गरिएका छन् ।



प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०६:५२