मकवानपुरः प्रहरीले मकवानपुरबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई आइतबार बेलुका पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईन्द्रसरोबर गाउँपालिका–५ बस्ने ३२ वर्षीय निङमा लामा रहेका छन् ।
ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १५:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook