काठमाडौंः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका–२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १३:५४