काठमाडौंः काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित ३ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१५ बस्ने दोलखा जिरी नगरपालिका–६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २७ गते सोमबार, १७:००