काभ्रेः जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जियिनर शेखरनाथ खनाल सेवाग्राहीसँग १ लाख ३० हजार घुस रकम लिदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घूससहित रंगेहात पक्राउ गरेको हो ।

पनौती नगरपालिका ११ बल्थलीमा ३ करोड ४१ लाख ३५ हजारको लागतमा निर्माणहु्ँदै गरेको बृहत खानेपानी आयोजनाको डिप बोरिङको सामान खरिद गरिदिने बताउँदै खनालले सेवाग्राहीसँग काम मिलाउने भन्दै १ लाख ३० हजार घुस लिएका थिए ।

धुलिखेलको एक होटलमा इञ्जिनियर खनालले सेवाग्राहीसँग रकम लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।