काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
आइतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सय रुपैयाँले घटेर ९२ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २९ गते सोमबार, १०:४६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook