काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ बढेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १५:३६