काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ सय रुपैयाँले घटेको हो भने चाँदी चाहिँ ५ रुपैयाँले बढेको हो ।

सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ११:००