काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले घटेको हो भने चाँदी चाहिँ ५ रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साल असोज २५ गते सोमबार, ०५:१६