काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । कार्तिक २८ गते शुक्रबारको तुलनामा बुधबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो भने चाँदी १० रुपैयाँले बढेको हो ।

शुक्रबार ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १२:२२