काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सोमबार सुन प्रतितोला १ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

आइतबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, ११:२३