काठमाडौः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ सय र चाँदी १५ रुपैयाँ बढेको हो ।

बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, ११:४२