काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन १ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार १ सय रुपैयाँले बढेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार २९५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, ११:२३